नेदरल्यान्ड्स माथि नेपालको सानदार जीत, बनायो हालसम्मकै उच्च स्कोर

बैशाख ११, काठमाडौँ- नेपालले हाल सम्मकै ठूलो अन्तरले घरेलु मैदानमा टि–२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको अन्तरले जितेको हो ।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल र कुशल मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोरपनिहो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २ सय रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

 

Published On:  347पटक हेरिएको

तपाईको प्रतिक्रिया