धरहराका लागि पुर्नबिमाको एक करोड

काठमाडौं–असार २८ । धरहरा निर्माणका लागि पुर्नबिमा कम्पनीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ  । पुर्नबिमा कम्पनी लिमिटेडले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकमको चेक लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्नुपर्ने बताउनुभएको थियो । पुर्न

म्याग्दीको रुप्सेखोलामा पुल, सवारी आवागमनमा सहजता

म्याग्दी–असार २७ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना गाविस वडा नम्बर २ मा पर्ने रूप्से खोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । २०६४ सालमा ट्रयाक खुलेको बेनी–जोमसोम सडकको रुप्से खोला खण्डमा यसअघि हरेक वर्ष बर्खा सिजनमा पानीको सतह बढनासाथ सिधा सवारी आवागमनमा समस्या व्यहोर्नु परेको थियो । २०७० मा सुरु भएको पुल निर्माण कार्य यसै वर्ष सकिएपछि रुप्से खण्डमा सहज रुपमा सवारी आवाग

नक्कली सुन देखाएर ठग्ने गिरोह पक्राउ

सुनसरी–असार २७ । सुनसरीको इटहरीमा सुन भन्दै अन्य धातु देखाएर सुन तथा पैसा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । इटहरी आसपासका सर्वसाधरणलाई विभिन्न नशालु चिज खुवाएर सुन, सुनका गरगहना र पैसा ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक हुँनेमा मोरङ उर्लावारीका ४९ वर्षीय सन्तोष श्रेष्ठ, उनका ४० वर्षीय भाइ राजकुमार श्रेष्ठ भन्ने सिरमान श

कानुन तत्काल बने मंसिरमै चुनाव : निर्वाचन आयोग

काठमाडौं–असार २७ । निर्वाचनसम्बन्धी आवश्यक कानुन छिट्टै बनाइए मंसिरमै स्थानीय निकायको चुनाव गराउन आयोग सक्षम हुने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताउनुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा पद तथा गोपनिएताको सपथ लिई पदभार ग्रहण गर्न बहादुर भवनस्थित आयोग कार्यालय पुग्नुभएका प्रमुख आयुक्त यादवले केही समयमै आवश्यक कानुन बन्ने सुनिश्चितता भए मंसिरको निर्वाचन संभ

बजाजको भी वान फाइभ बाइक लन्च हुँदै, पोखरामा इच्छाशिक्तले लन्च गर्ने ।

पोखरा–असार २७ । बजाज भी वान फाइभ एक सय पचास सीसीको बाइक आज बजाजका दशैभरीका विक्रेताहरूले लन्ज गर्दै छन् । पोखरामा यो वाइको इच्छाशक्ति अटोमोवाइल्स लन्च गर्दै छ । पोखरामा बजाज बाइकको आधिकारिक विक्रेता रहेको इच्छाशक्तिले आज दिउँसो यो वाइकको आफ्नै स्वरूमबाट लन्ज गर्न लागेको कम्पनीका सेल्स म्यानेजर विष्णु तिमिल्सिनाले नेपाल परिक्रममालाई जानकारी दिनुभयो । यो वाइको बजार मुल्य २ लाख ४ हजार ९ सय रूपैयाँ रह

विगमार्टले ल्यायो विशेष उपहार योजना

काठमाडौं–असार । आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर विगमार्टले विशेष उपहार तथा छुट योजना सार्वजनिक गरेको छ । आठौं वर्षमा प्रवेश गरेको अवसरमा विग मार्ट प्रा.लीले १ सय ९८ भन्दा बढी खाद्यबस्तु तथा पेय पदार्थमा विशेष छुट दिने जनाएको हो । यस्तै, विग मार्टले ग्राहकहरुको लागि बम्पर ७ नामक अफर ल्याएर लक्कि ड्र मार्फत छानिएका ७ जना ग्राहकलाई वर्षभरि नै सपिङ फ्रि दिने जानकारी दिएको छ । मार्टले ६ ओटा वस्तु

झारा टार्ने अनुगमन, हटेन बजारमा व्यतिथि

काठमाडौं–असार । सरकारले काठमाडौंका तरकारी तथा मासु पसलहरूको अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा थुप्रै वस्तु तथा सेवा गुणस्तरहीन भेटिएका छन् । वर्षमा दुई–चार पटक मात्र मौसमी अनुगमन गर्दै आएको सरकारले अझसम्म बजार व्यवस्थित गर्न सकेको छैन । यसले बजारमा सरकारको निगरानी कम भएको प्रष्ट हुन्छ । हुनत, अहिलेका मन्त्री मात्रै होइन, विगतका मन्त्रीले पनि बजार अनुगमनलाई निरन्तरता दिने दाबी गरेका थिए । त

जाजरकोटका कृषकले पाए ६२ हजार विरुवा

जाजरकोट–असार  । जाजरकोट कृषि विकास कार्यालयले वर्षे फलफुलका ६२ हजार विरुवा स्थानीय कृषकलाई वितरण गरेको छ । कार्यालयको वार्षिक कृषि प्रसार कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न जातका वर्षे फलफुलका विरुवा वितण गरिएको हो । कार्यालयको ढुवानी अनुदानमा फलफुल विकास निर्देशनालय स्रोत केन्द्र रौतहटबाट आँप, अनार, लिचीका विरुवा ल्याएर वितरण गरिएको बताइएको छ । यस्तै, इलाम र दोलखाबाट ल्याएका अलैँचीका ३८ हजार ५

८ जना काठ तस्कर नियन्त्रणमा

बारा–असार २५ । वारा जिल्ला वन कार्यालयको गस्ती टोलीले राजमार्ग आसपास हरियो रूख काट्ने गिरोहका नाइकेसहित ८ जनालाई पक्राउ गरेको छ । मधुवन सेक्टर वन कार्यालयको गस्ती टोलीले उनीहरूलाई शुक्रबारराति राजमार्गको १३ किलोमिटर भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । अवैध रूपमा रूख काटी निकासी गर्न जंगल पस्ने क्रममा वन गस्ती टोलीले तस्करका नाइके मकवानपुर हेटौडा वडा नम्बर १७ का नारायण खड्कासहित आठ जनालाई नियन्त

तराईमा चक्रपथ: प्रधानमन्त्री ओली

काठमाडौं—असार २५ । प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी आर्थीक वर्षबाट तराईका १८ वटा जिल्लाका सदरमुकाममा चक्रपथ निर्माणको काम सुरु गर्ने बताउनुभएको छ । विनियोजन विधेयकमाथि व्यवस्थापिका संसदमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले तयारई केन्द्रित विकासको अवधारण सुनाउनुभएको हो । उहाँले ठूला सहरसँगै जोडिएका साना उपसहरमा समेत एकीकृत विकासको अवधारणा ल्याइएको दाबी गर्दै देशभरक