विकासमा ढिलासुस्ती– बजेट फिर्ता

जाजरकोट–साउन ३ । जाजरकोट, तनहुँलगायत विभिन्न जिल्लाका सरकारी कार्यालयबाट चालू आर्थिक वर्ष ७२/७३ को करोडौं रकमको विकास बजेट फिर्ता भएको छ । जाजरकोटमा मात्रै ७२/७३ मा २५ करोड विकास बजेट फिर्ता भएको छ । चालू खर्च र पुँजिगत खर्चतर्फको बजेट समयमा विकास निर्माण योजना तथा कार्यक्रम सम्पन्न गर्न नसक्दा फिर्ता गएको हो । जाजरकोटको चालू आर्थिक वर्षको २ अर्व ८ करोड ५ लाख २३ हजारमध्ये एक अर्ब ९८ करोड १ लाख २३

नुवाकोटको भैरवी आयल स्टोर्स शिल

नुवाकोट–साउन ३ । पेट्रोलियम पदार्थमा मिसावट भएको आशंकमा नुवाकोटको बट्टारस्थित भैरवी आयल स्टोर्स पेट्रोल पम्प शिल गरिएको छ । बेलकोटका रामचन्द्र डोटेल र बट्टारका पुजन श्रेष्ठले गाडीमा इन्धन भरर चलाउन खोज्दा नचलेपछि मिसावटको आशंका गरिएको थियो । उजुरीका आधारमा प्रारम्भिक अनुगमन गर्दा कैफियत देखिएपछि प्रशासनले पम्पमा शिलबन्दी गरेको हो । मध्यरातमा अनुगमन गर्न पुगेका नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्

तरकारीको भाउ आकासिदा उपभोक्ता मारमा

काठमाडौं –साउन । काठमाडौं उपत्यकामा तरकारीको भाउ बढ्नेक्रम अझै रोकिएको छैन । बेमौसमी मात्र होइन मौसमी तरकारीको भाउ पनि पछिल्लो एक सातामा शतप्रतिशतले बढेपछि उपभोक्ता मारमा परेका छन् । एक साताको अवधिमा सबैभन्दा धेरै मुल्य हरियो खुर्सानी र गोलभेडामा बढेको छ । केहि साता अघि ५५ देखी रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको हरियो खुर्सानीको खुद्रा मुल्य १ सय ५० रुपैयाँ र गोलभेडा प्रतिकिलो १ सय २० रुपैयाँ

घुससहित कर्मचारी पक्राउ

बारा–साउन १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बाराको निजगढबाट  घुस लिँदैगर्दा एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । सुनसरी प्रकाशपुर–७ घर भई हाल नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत नायव सुब्वा प्रेमकुमार भट्टराईलाई अख्तियारले २० हजार घुस रकमसहित पक्राउ गरेको हो । काठमाडौंका एक सेवाग्रहीको टाटा इण्डिका कारको बिलबुक दिने क्रममा नासु भट्राईले घुस रकम माग गरे बताइएक

सिंचाई सुविधाले तनहुँमा उत्साह

तनहुँ–असार ३१ । कल्लेरी फाँट सिंचाई उप आयोजना निर्माण भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका तनहुँको भानु नगरपालिका चाम्बासका कृषकहरु उत्साहित भएका छन् । करिब २६ हेक्टर क्षेत्रफलको खेतमा सिंचाई सुविधा पुर्‍याँउन कल्लेरी फाँट सिंचाई उप आयोजनाबाट सिंचाई पुगेपछि कृषकहरु उत्साहित भएका हुन् । भानु नगरपालिका–८ को कल्लेरी फाँटमा सिंचाई सुविधा नहुँदा ३७ घर परिवार आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए ।

रौतहटमा वन अनुगन

रौतहट–असार ३१ । रौतहटका सामुदायीक बनमा तस्करहरुले जथाभावी सालका रुख काटेपछि जिल्ला बन कार्यालयले छानबीन समिति गठन गरेको छ । बन कार्यलयले सहायक बन अधिकृत अरुण कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । एक सातामा एकै क्षेत्रमा २० वटा भन्दा बढि सालका हरिया रुख काटिएपछि जिल्ला बन कार्यालयले क्षतीको विबरण संकलन समेत गरेको छ । पुर्बपश्चिम राजमार्गको भोर्लेन्टारबाट पश्चिम क्षेत्रको जङ्गल र धन्सार क्

म्याग्दीमा फलफुल खेती गर्ने बढे

म्याग्दी–असार ३१ । म्याग्दीका किसानले अन्नवालीको विकल्पमा फलफुल खेती गर्न थालेका छन् । धान, मकै, कोदो, गहुा लगायत अन्नबाली खेती गर्दा लागत बढी पर्ने तर उत्पादन बढ्न नसक्ने, नगद आम्दानीको न्युन सम्भावना एवं उपजले बजार नपाउने तथा मजदुर अभाव हुन थालेपछि किसानले अन्नबालीको विकल्पमा फलफुल खेती गरेका हुन् । म्याग्दीको बेनी नगरपालीका अन्तरगत सिंगा, बरंजा, भकिम्ली, अर्मन, हिस्तान, दाना, बिम, ताकम, देविस्

देशभरको माटोमा अम्लियपन बढ्दो, उत्पादनमा ह्रास

काठमाडौं–असार २९ । रासायनिक मलको प्रगोग बढ्न थालेपछि देशभरको कृषि उपज उत्पादनमा नकारात्मक असर देखिएको छ । मलको प्रगोग बढ्दा माटोमा हुने प्राङ्गारिक पदार्थ रित्तिदै गएपछि उब्जाउ कम हुने समस्या देशभरका किसानले खेप्नुपरेको हो । उब्जाउमा प्रभाव परेसँगै माटोको परीक्षण गर्नुपर्नेबारे पर्याप्त जानकारी नहुँदा किसानहरू अहिले समस्यामा छन् । मौसम अनुुसारको उत्पादन गर्न कृषकहरुले विभिन्न किसिमका रासायनिक मलक

कर सहयोगी श्रमिक संगठन (काठमाडौं)मा राजभण्डारी

काठमाडौं–असार २८ । कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त काठमाडौं जिल्ला कमिटिले अनिल राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । काठमाडौंमा सम्पन्न प्रथम अधिबेशनले सर्वसम्मतिबाट राजभण्डारीको अध्यक्षतामा २५ सदस्यीय काठमाडौं जिल्ला कमिटि गठन गरेको हो । महाधिबेशनका क्रममा अशोक घिमिरे वरिष्ठ उपाध्यक्ष, नारायण पराजुली प्रथम उपाध्यक्ष, खेम पौड्याल द्धितिय उपाध्यक्ष, पारसमणि ढुंगाना सचिव, सुनिल र

धरहराका लागि पुर्नबिमाको एक करोड

काठमाडौं–असार २८ । धरहरा निर्माणका लागि पुर्नबिमा कम्पनीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ  । पुर्नबिमा कम्पनी लिमिटेडले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकमको चेक लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्नुपर्ने बताउनुभएको थियो । पुर्न