८ जना काठ तस्कर नियन्त्रणमा

बारा–असार २५ । वारा जिल्ला वन कार्यालयको गस्ती टोलीले राजमार्ग आसपास हरियो रूख काट्ने गिरोहका नाइकेसहित ८ जनालाई पक्राउ गरेको छ ।

pakrau-final13-300x253मधुवन सेक्टर वन कार्यालयको गस्ती टोलीले उनीहरूलाई शुक्रबारराति राजमार्गको १३ किलोमिटर भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । अवैध रूपमा रूख काटी निकासी गर्न जंगल पस्ने क्रममा वन गस्ती टोलीले तस्करका नाइके मकवानपुर हेटौडा वडा नम्बर १७ का नारायण खड्कासहित आठ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । गस्ती टोलीले ना. २ ख २३९९ नम्बरको ट्रकका साथै काठ काट्न प्रयोग हुने औजारहरूसमेत बरामद् गरेको र आवश्यक कानूनी कारबाही अघि बढाइएको जानकारी गराएको छ ।

Published On:  368पटक हेरिएको

तपाईको प्रतिक्रिया