जाजरकोट–असार । जाजरकोट कृषि विकास कार्यालयले वर्षे फलफुलका ६२ हजार विरुवा स्थानीय कृषकलाई वितरण गरेको छ ।
कार्यालयको वार्षिक कृषि प्रसार कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न जातका वर्षे फलफुलका विरुवा वितण गरिएको हो । कार्यालयको ढुवानी अनुदानमा फलफुल विकास निर्देशनालय स्रोत केन्द्र रौतहटबाट आँप, अनार, लिचीका विरुवा ल्याएर वितरण गरिएको बताइएको छ । यस्तै, इलाम र दोलखाबाट ल्याएका अलैँचीका ३८ हजार ५ सय विरुवा पनि कृषकलाई दिइएको छ ।
जाजरकोटको लहँ, ढिमे, सिमा, झाप्रा गाविसका स्थानीय नर्सरी फर्मबाट संकलित कागती र सुन्तलाका विरुवा समेत कृषकले पाएका छन् । शत प्रतिशत ढुवानी र परल मूल्यको ५० प्रतिशत अनुदानमा विरुवा पाएपछि कृषकहरू खुसीले दंग भएका छन् ।