काठमाडौं–असार २८ । धरहरा निर्माणका लागि पुर्नबिमा कम्पनीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
पुर्नबिमा कम्पनी लिमिटेडले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकमको चेक लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्नुपर्ने बताउनुभएको थियो ।
पुर्नबिमा कम्पनीले आर्जन गरेको नाफावाट धरहरा बनाउन सहयोग गरेको जनाएको छ । विनाशकारी भूकम्पवाट ध्वस्त धरहराको निर्माणका लागि आर्थिक सहयोग जुटाउन सरकारले म बनाउँछु मेरो धरहरा अभियान सुरु गरेको थियो ।