म्याग्दी–असार २७ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना गाविस वडा नम्बर २ मा पर्ने रूप्से खोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ ।
२०६४ सालमा ट्रयाक खुलेको बेनी–जोमसोम सडकको रुप्से खोला खण्डमा यसअघि हरेक वर्ष बर्खा सिजनमा पानीको सतह बढनासाथ सिधा सवारी आवागमनमा समस्या व्यहोर्नु परेको थियो । २०७० मा सुरु भएको पुल निर्माण कार्य यसै वर्ष सकिएपछि रुप्से खण्डमा सहज रुपमा सवारी आवागमन हुन थालेको छ ।
सडक डिभिजन कार्यालयले गत बैशाखमा ५१ लाख रूपैयाँ खर्चिएर रुप्से खोलामा दश मिटर लामो मोटरेबल पुल निर्माण पुरा गरेको हो ।