कानुन तत्काल बने मंसिरमै चुनाव : निर्वाचन आयोग

काठमाडौं–असार २७ । निर्वाचनसम्बन्धी आवश्यक कानुन छिट्टै बनाइए मंसिरमै स्थानीय निकायको चुनाव गराउन आयोग सक्षम हुने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताउनुभएको छ ।

nirbachan aaiyuktaसोमबार राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा पद तथा गोपनिएताको सपथ लिई पदभार ग्रहण गर्न बहादुर भवनस्थित आयोग कार्यालय पुग्नुभएका प्रमुख आयुक्त यादवले केही समयमै आवश्यक कानुन बन्ने सुनिश्चितता भए मंसिरको निर्वाचन संभव हुने बताउनुभएको हो ।

प्रमुख आयुक्त यादवले आयोग जुन कुनै चुनाव गराउन सक्षम र तयारी अवस्थामा रहेको भन्दै आवश्यक कानुनी जटिलता फुकाउने जिम्मेवारी सरकारको हुने जानकारी गराउनुभएको थियो ।

Published On:  415पटक हेरिएको

तपाईको प्रतिक्रिया