नक्कली सुन देखाएर ठग्ने गिरोह पक्राउ

सुनसरी–असार २७ । सुनसरीको इटहरीमा सुन भन्दै अन्य धातु देखाएर सुन तथा पैसा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।

sun thugइटहरी आसपासका सर्वसाधरणलाई विभिन्न नशालु चिज खुवाएर सुन, सुनका गरगहना र पैसा ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक हुँनेमा मोरङ उर्लावारीका ४९ वर्षीय सन्तोष श्रेष्ठ, उनका ४० वर्षीय भाइ राजकुमार श्रेष्ठ भन्ने सिरमान श्रेष्ठ र सुनसरी बवियाविर्ताका संजु शर्मा छन् । अभियुक्तहरुले इटहरी वडा नम्बर ५ का दलबहादुर तामाङलाई फ्रुटि खान दिएर ४० हजार ५ सय र आधा तोला सुनको औंठी लुटेका थिए ।

यस्तै, इटहरीमै नक्कली सुन देखाएर अर्जुन राई र उनकी श्रीमती रमिता राईको मोवाइल र  ९ हजार रूपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Published On:  400पटक हेरिएको

तपाईको प्रतिक्रिया