विगमार्टले ल्यायो विशेष उपहार योजना

big martकाठमाडौं–असार । आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर विगमार्टले विशेष उपहार तथा छुट योजना सार्वजनिक गरेको छ । आठौं वर्षमा प्रवेश गरेको अवसरमा विग मार्ट प्रा.लीले १ सय ९८ भन्दा बढी खाद्यबस्तु तथा पेय पदार्थमा विशेष छुट दिने जनाएको हो ।

यस्तै, विग मार्टले ग्राहकहरुको लागि बम्पर ७ नामक अफर ल्याएर लक्कि ड्र मार्फत छानिएका ७ जना ग्राहकलाई वर्षभरि नै सपिङ फ्रि दिने जानकारी दिएको छ । मार्टले ६ ओटा वस्तुहरु कोक, मिल्क पाउडर, स्याम्पु, लुगा धुने सर्फ, हुलासको जिरामसिनो चामल र जुसलाई बम्पर ६ अफरमा राखेको छ । जुलाई अन्तिमसम्म लक्कि ड्र को अफर राखेको मार्टले अगष्ट ७ तारिखमा विजेता ७ जना ग्राहको नाम सार्वजनिक गर्ने जनाएको छ । Big mart1

यस्तै, बम्पर अफरका सामानमा १० देखि ४० प्रतिशतसम्म छुट दिइएको छ । उपत्यकामा विग मार्टका १७ ओटा शाखा रहेकोमा केहि दिनभित्रै बानेश्वरमा एउटा शाखा खोल्ने र आगामी सन् २०१७ सम्म ३७ पुर्याउने लक्ष्य विगमार्टको छ । विगमार्ट प्रा.लि.सन् २००९ मा स्थापना भएको मिनि मार्केट हो ।

तपाईको प्रतिक्रिया