देशभरका संगठन ब्युताएर ओली बिरुद्द उत्रने तयारीमा नेपाल समूह

चैत्र १७, काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यबाट निलम्बन गरे पछी माधव नेपाल समूह देशभरका संगठन ब्युताएर ओली बिरुद्द उत्रने तयारी थालेका छन् । कलंकीको एक पाटी  प्यालेसमा भईरहेको  माधव नेपाल समुहको भेलाले समानान्तर कमिटी गठन गरेर ओली गतिविधिको कडा प्रतिबाद गर्ने भएको हो । बैठक अहिले पनि जारी छ । थप बिषयमा निर्णय हुन बाँकि छ ।

पार्टी एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रद्वारा पुनरावलोकनको निवेदन दर्ता

चैत्र १७, काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता गराएका छन् । फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गरेको थियो । यसै सर्वोच्च अदालतको फैसला विरुद्ध माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दर्ता गराएका छन् । रिट

आन्तरिक छलफलका लागि माधव नेपाल समूह, मेगा पार्टी प्यालेसमा जम्मा

चैत्र १७, काठमाडौँ- आन्तरिक छलफलका लागि माधव नेपाल समूह मेगा पार्टी प्यालेसमा जम्मा भएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यबाट निलम्बन गरे पछी माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । बैठक कलंकी स्थित मेगा पार्टी प्यालेसमा सुरु भएको छ। अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन

समानान्तर कमिटी हुँदै नयाँ पार्टी गठनसम्मको तयारीमा माधव नेपाल समूह

काठमाडौं– पार्टीको सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका एमाले बरिष्ठ नेता माधव नेपालको समूहले समानान्तर कमिटी गठनलाई थप तीव्रता दिने भएको छ । महिला, विद्यार्थी र युवामा समानान्तर कमिटी गठन गरेको गरिसकेको यो समूहले अब वडा तहसम्मै समानान्तर कमिटी गठन गर्ने भएको हो । नेपाल समूहका एक नेताका अनुसार प्रधानमन्त्री एबं पार्टी अध्यक्ष थप निरङकुश बन्दै गएकाले समानान्तर कमिटीलाई निरन्तरता दिदै ओली प्र

नेपालले जित्यो थ्री नेसन्सको उपाधि

काठमाडौं । बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले काठमाडौंमा थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले जितेको हो । खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछी नेपालले सहजै उपाधि हात पारेको हो । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएपनि अर्को गोल गर्न सकेन । नेपालमा भएको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३

आईतबार देखि उपत्यकाका केहि ठाउँमा मेलम्चीको पानीको परिक्षण गरिने

चैत्र १५, काठमाडौँ- आज चैत्र १५ देखि काठमाडौँ उपत्यकाका केहि ठाउँहरुमा मेलम्चीको पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड  (केयुकेल)मार्फत् पुरानै पाइप संरचनाबाट परीक्षणका रूपमा घरघरमा पानी छाड्न लागिएको छ। पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । ‘ट्यांकीमा पानी भरि

म्यानमारको झडपमा ठूलो मानविय क्षति

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ९० भन्दा बढिको संख्यामा मानवीय क्षति भएको बीबीसीले जनाएको छ । शनिबार ‘आर्मड फोर्सज डे’ को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० भन्दा जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर अहिलेसम्म मृतकको संख्या यकिन हुन सकेको छैन सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा

सिफल खेलकूद प्रतिष्ठान र भूमन्यू द जुनियर क्लबद्वारा प्रमाणपत्र वितरण तथा कराते प्रतियोगीता सम्पन्न

काठमाडौं । सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्टको प्रमाण पत्र प्रदान गरेको छ । भूूमन्यू जुनियर क्लब र सिफल खेलकूद प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रमा प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ र कार्यक्रमका सभापति बाथ रोग विशेषज्ञ डाक्टर विनित बैद्यले प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा दी

शनिबार ८५ जनामा कोरोना संक्रमण पुष्टी, थप ३ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ८५ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट ८५ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७६ हजार ७ सय ५० जना पुगेका

जोशीको निधनमा कांग्रेसले एक दिन कार्यालय बन्द गर्ने, तीन दिन पार्टीको झण्डा झुकाउने

चैत्र १४, काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने र चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्ण