नेपालले जित्यो थ्री नेसन्सको उपाधि

काठमाडौं । बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले काठमाडौंमा थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले जितेको हो ।

खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछी नेपालले सहजै उपाधि हात पारेको हो ।

बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएपनि अर्को गोल गर्न सकेन ।

नेपालमा भएको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी भएका थिए ।

 

Published On:  133पटक हेरिएको

तपाईको प्रतिक्रिया