आईतबार देखि उपत्यकाका केहि ठाउँमा मेलम्चीको पानीको परिक्षण गरिने

चैत्र १५, काठमाडौँ- आज चैत्र १५ देखि काठमाडौँ उपत्यकाका केहि ठाउँहरुमा मेलम्चीको पानी वितरण हुने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड  (केयुकेल)मार्फत् पुरानै पाइप संरचनाबाट परीक्षणका रूपमा घरघरमा पानी छाड्न लागिएको छ।

पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् ।

‘ट्यांकीमा पानी भरिइसकेपछि सेड्युलअनुसार घरघरमा वितरण गरिने  केयुकेल ले  जनाएको छ । विभिन्न स्थानका ट्यांकीबाट चार करोड लिटर पानी वितरण गर्ने योजना रहेको छ।अहिले काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने क्षमता भए पनि अहिले कम ल्याइएको छ। क्षमताअनुसार सुरूङबाट पानी छाडिएको छैन। त्यसैले अहिले दैनिक चार करोड लिटर पानी वितरणको तयारी गरिएको हो।

कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ-आफ्नो फेसबुक पेजमा राखिने पनि जानकारी आएको छ ।

 

तपाईको प्रतिक्रिया