पार्टी एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रद्वारा पुनरावलोकनको निवेदन दर्ता

चैत्र १७, काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता गराएका छन् ।

फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गरेको थियो । यसै सर्वोच्च अदालतको फैसला विरुद्ध माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दर्ता गराएका छन् ।

रिट निवेदन दर्ता गराउन दाहालसँगै प्रवक्‍ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेलतलगायतका नेता तथा कानुन व्यवसायीहरूगएका थिए ।

सर्वोच्च अदालतको फैसला बिरुद्द पुनरावलोकनमा जान माओवादी केन्द्रलाई  कानुन व्यवसायीहरू सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया