आन्तरिक छलफलका लागि माधव नेपाल समूह, मेगा पार्टी प्यालेसमा जम्मा

चैत्र १७, काठमाडौँ- आन्तरिक छलफलका लागि माधव नेपाल समूह मेगा पार्टी प्यालेसमा जम्मा भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यबाट निलम्बन गरे पछी माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । बैठक कलंकी स्थित मेगा पार्टी प्यालेसमा सुरु भएको छ।

अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन् ।

पार्टीको सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका एमाले बरिष्ठ नेता माधव नेपालको समूहले समानान्तर कमिटी गठनलाई थप तीव्रता दिने भएको छ । नेपाल समूहका एक नेताका अनुसार प्रधानमन्त्री एबं पार्टी अध्यक्ष थप निरङकुश बन्दै गएकाले समानान्तर कमिटीलाई निरन्तरता दिदै ओली प्रवृत्ति विरूद्ध लड्ने तयारी गरिएको हो ।

तपाईको प्रतिक्रिया