जोशीको निधनमा कांग्रेसले एक दिन कार्यालय बन्द गर्ने, तीन दिन पार्टीको झण्डा झुकाउने

चैत्र १४, काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने र चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले जोशीको स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । त्यस्तै स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया