हातहतियार तथा खरखजाना मुद्दाको फरार प्रतिवादी पक्राउ

चैत्र १९, काठमाडौँ- गत माघ १६ गते बर्दिया राष्ट्रिय निकुञ्जको गस्ति टोलिले भरुवा बन्दुक थान ३, ऐ.मा लाग्ने १७ थान गोलि र बारुद २०० ग्राम सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई  नियन्त्रणमा लिएको छ | सोही मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नं.२ सिस्नेरी बस्ने वर्ष ३६ को रविलाल मन्दिरलाई निरन्तर अनुसन्धान तथा निग्रानी गर्दै पक्राउ गरी आवश्यक

चैत्र २१ गते ‘मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’ हुने

चैत्र १९, काठमाडौँ-नेपालमा पहिलो पटक मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल – २०२१ प्रतियोगिता हुने भएको छ । आज रिपोर्टर्सक्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्रिन आर्टस् मिडिया प्रा.लि. र अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालको सहकार्यमा चैत्र २१ गते ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा प्रतियोगिता हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ग्रिन आर्टस् मिडियाका कार्यकारी

पहिलो डोजमा जुन भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि त्यहीः प्रधानमन्त्री ओली

चैत्र १९, काठमाडौँ - प्रधानमन्त्रीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो । केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सृजना गर्ने ढंगले टिप्पणीहरु हुन थालेको तर्फ प्रधानमन्त्रीको संकेत थियो । ‘सरकारले दुईवटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ’ । कार्यक्रममा बोल्दै नेपालका लाग

चीनले नेपालका लागि ८ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान

चैत्र १९, काठमाडौं- छिमेकी मित्र राष्ट्र चीनले नेपालका लागि आठ लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदान स्वरुप  प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि चिनका राजदुत हउयान्छीले उक्त खोप सम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गरेकी छिन् । हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सृदृ

पार्टी एकता खारेज गर्ने फैशला बिरुद्द पुनरावलोकन निवेदनमा सर्वोच्चले अनुमति दिएन

चैत्र १९, काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत्र १७ गते दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतबाट पुनरावलोकन गर्न अनुमति नदिने भएको छ । फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने गरेको फैशलामा बिरुद्द परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले पुनर

सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन

चैत्र १९, काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन् । प्रधानमन्त्री ओलीले नेताहरु पाण्डे र भुषाललाई स्पष्टीकरण चित्तबुझ्दो नदिएको भनि पार्टीको विधान २०४९ (संसोधित २०७१) को दफा ४९ (ख) बमोजिम ६ महिनाको लागि निलम्बन गरेका छन् | चैत्र ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिट

फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा, स्कुल तीन साताका लागि बन्द

चैत्र १९, एजेन्सी- कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि फ्रान्सका स्कुलहरु कम्तिमा तीन हप्ताको लागि बन्द हुने भएका छन् । बुधबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। फ्रान्समा यो तेस्रो चरणको लकडाउन हो । अप्रिल ३ देखि १ महिनाको लागि कडाउन गर्ने भएको छ । फ्रान्समा ४४ लाख ६५ हजार बढि संक्रमित भएका थिए भने ९५

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

चैत्र १९, काठमाडौँ- सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो । आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा

चैत्र १९, काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत्र १७ गते दर्ता गरेको पुनरावलोकन निवेदनमा आज सुनुवाई हुने भएको छ । फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने गरेको फैशलामा बिरुद्द परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ । प्रचण्

१० दिने निःशूल्क खाद्य प्रशोधन प्रविधि एडभान्स तालिमका लागि आवेदन आब्हान

चैत्र १९, काठमाडौँ- नेपाल सरकार, कृषि  तथा पशु विकास मन्त्रालय, खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, खाद्य प्रविधि विकास र पोषण महाशाखा, काठमाडौले १० दिनको निःशूल्क खाद्य प्रशोधन प्रविधि एडभान्स तालिमका लागि आवेदन आब्हान गरेको छ । भाग लिन ईच्छुक नेपाली नागरिकलाई आवेदन दिनका लागि आव्हान गरिएको छ।