४० वर्ष माथि उमेर समूहलाई चीनबाट ल्याएको कोरोना खोप दिइने

१८ चैत, काठमाडौं । सरकारले ४० देखि ५९ वर्षसम्मका नागरिकलाई चिनबाट ल्याएको खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ । चैत १६ गते चिनबाट खोप नेपाल ल्याइएको थियो । खोप लगाउने सम्बन्धमा खोप सल्ला

देशभर १ सय ६२ जनामा कोभिड-१९ पुष्टी

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ६२ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय  ६२ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ३ सय ९ जना पुगेका छन्  भने ३ हजार

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई नव नियुक्त प्रदेश प्रमुख डा.अहिराजको सहयोग

काठमाडौं, १८ चैत । प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका छन् । प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गर्नुका साथै छलफल समे

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

चैत्र १८, काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षका ४५ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर मंगलबार प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ।

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ: प्रधानमन्त्री

१७ चैत्र, काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भनेः “‘सामाजिक सुरक्षा भत्ता साउन १

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने

चैत्र १७, ललितपुर-  सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए । मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी

देशभर १ सय ६७ जनामा कोभिड-१९ पुष्टी, ३ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय  ६७ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ सय  ६७ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार १ सय ४

ओली बिरुद्द देशव्यापी रुपमा विरोध अभियान चलाउने नेपाल समुहको निर्णय

चैत्र १७, काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यबाट निलम्बन गरेपछी रुष्ट बनेका नेपाल समूह ओली बिरुद्द देश ब्यापी अभियान चलाउने भएको छ। कलंकीको एक पार्टी प्यालेशमा बसेको बैठकले वडा देखि केन्द्रसम्मको पार्टी कमिटी ब्युताएर ओली बिरुद्द अभियान चलाउने निर्णय भएको हो । समुहको भेलामा नबौ महाधिवेशनबाट निर्वाचित नेपाल पक्षका पदाधिकारीको उपस्थिति थियो ।

सुल्झिएन मेरो शेयरको समस्या, लगानीकर्ता मर्कामा

चैत्र १७, काठमाडौँ-  मेरो शेयरमा निरन्तर रूपमा समस्या देखिँदा यतिबेला शेयर लगानीकर्ता समस्यामा परेका छन् । मंगलबार बिहान देखि मेरो शेयरको वेबसाइट नखुल्दा लगानीकर्ता क्लोजआउटमा पर्नसक्ने सम्भावना भएको छ । विक्री गरेको शेयर आज १ दिनभित्र इडीआएस (EDIS) गर्नुपर्ने हुन्छ नत्र जरिवाना लाग्ने गर्दछ । केही दिन अघि पनि मेरो शेयरमा समस्या आउँदा सीडीएससीले इडीआइएस गर्ने समय थप गरेको थियो । मेरो  शे

म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन

चैत्र १७, काठमाडौँ- म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई  रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित २०७७ चैत १७ गते मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको छ । यू एन हाउस पुल्चोक अगाडि दिउँसो भएको प्रदर्शनमा, म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न सं