काठमाडौं– पार्टीको सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका एमाले बरिष्ठ नेता माधव नेपालको समूहले समानान्तर कमिटी गठनलाई थप तीव्रता दिने भएको छ ।
महिला, विद्यार्थी र युवामा समानान्तर कमिटी गठन गरेको गरिसकेको यो समूहले अब वडा तहसम्मै समानान्तर कमिटी गठन गर्ने भएको हो ।
नेपाल समूहका एक नेताका अनुसार प्रधानमन्त्री एबं पार्टी अध्यक्ष थप निरङकुश बन्दै गएकाले समानान्तर कमिटीलाई निरन्तरता दिदै ओली प्रवृत्ति विरूद्ध लड्ने तयारी गरिएको हो ।
संघर्षमा अन्तिम अवस्था आइपरे यो समूहले अन्य कम्युनिष्ट पार्टीसँग मिली नयाँ पार्टी गठनसम्मको तयारी गरेको छ ।