बजेट पारित पछि भद्र सहमति कार्यान्वयन नभए सबै सहमति तोडिन्छन : प्रचण्ड

पोखरा–जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि भद्र सहमति पनि कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ९ बुँदे सँगै अर्को ‘भद्र सहमति’ भएको जिकिर गर्दै बजेटपछि कार्यान्वयन हुने अपेक्षा गर्नुभएको हो । उहाँले यहि सहमतिपछिका आधारमा सरकार अहिले

लागूऔषध सहित तीन जना पूर्व लडाकु पक्राउ

काठमाडौं–जेठ २३ । अबैध लागुऔषध ब्राउन सुगरसहित तीन जना पूर्व लडाकु पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत बालाजुको प्रहरी टोलीले काठमाडौंको माछापोखरीबाट अबैध लागूऔषध सहित रुकुम चुनुवाङका जगत पुन, रोल्पा कोटगाउँका अक्तबहादुर घर्तीमगर र रोल्पा गैरीगाउँका प्रवेश डि.सी.लाई पक्राउ गरेको हो । बालाजु बृतका अनुसार अभियुक्तको साथबाट प्रहरीले ६८ ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ अभियुक्त मध्ये २८ वर

२५ वर्षमा नेपाल संसारकै धनी देश बन्छ : डा.बाबुराम

भक्तपुर–जेठ २३ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले २५वर्षभित्र नेपाललाई संसारकै धनी देश बनाउने महत्वकांक्षी लक्ष्यको उद्घोष गर्नुभएको छ । नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा ठिमीमा आयोजित अन्तरक्रियामा भट्टराइले दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षमा संसारकै धनी देश बनाउने गरि पार्टी घोषणा हुन लागेको उद्घोष गर्नुभएको हो । उहाँले संव

देशलाई आवश्यक परे कांग्रेसले गर्छ सहमतिय सरकारको नेतृत्व

कास्की–जेठ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनगर्दै राष्ट्रलाई निकास दिनेतर्फ कांग्रेस अग्रसर हुने बताउनुभएको छ । पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ वितरण समारोहमा बोल्दै कांग्रेस सभापति देउवाले ओली सरकारलाई कांग्रेसले काँध थाम्न नसक्ने भन्दै नेतृत्व गर्न कांग्रेस आफै सक्षम रहेको बताउनुभएको हो । सत्ता साझेदार माओवादी केन्द

एमाले बैठक आजपनि बस्दै, पार्टी विवाद मिलाउने प्रयास

काठमाडौं–जेठ २३ जेठ । शनिबारबाट जारी एमाले स्थायी समिति बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अध्यक्षबाट आह्वान बैठकले माओवादीसँग भएको भनिएको भद्र सहमति र सरकारलाई निरन्तरता दिने वा नदिने लगायतका विषयमा निष्कर्ष निकाल्ने बताइएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका चुनौतीको लेखाजोखा गर्दै र एकजुट भएर न

ओली प्रचण्ड भेट–मनमुटाव मिलाउने मन्थन

काठमाडौं–जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रले ‘भद्र सहमति’का आधारमा एमालेले राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्नुपर्ने बताउँदै आएको छ । यता, एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालले समेत राष्ट्रिय स

माडी बाँदरमुढे घटनाको ११ बर्ष वित्यो

जेठ २३ । २०६२ साल जेठ २३ गते चितवन माडीको बाँदरमुढे खोलामा यात्रुवाहक बस धरापमा पार्दा ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए । चितवनको माडी स्थित कल्याणपुर गाविसमा पर्ने बांदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बांद

ट्याक्टरले थिचिएर बालको मृत्यु

दाङ–दाङको त्रिपुर–२ धइरेनी टोलमा रोकेको ट्याक्टरमा खेल्ने क्रममा अचानक ट्याक्टर गुड्दा ४ वर्षीय बालकको ज्यान गएको छ । रा.१ त १०५३ नम्बरको ट्याक्टर स्टार्ट गरी रोकि राखेको अवस्थामा बच्चाहरु खेल्ने क्रममा गुड्न गई च्यापिएर स्थानीय  दिपक चलाउनेको ४ वर्षीय छोरा राहुल चलाउनेको ज्यान गएको हो । गम्भीर घाइते बालकलाई उपचारका लागि राप्ति उपक्षेत्रीय अस्पताल घोराही लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले

रुक्माङ्गद कटवाल ट्रष्टले २१ जना साहाराविहिन विद्यार्थीलाई दियो छात्रबृत्ति

काठमाडौं–जेठ । देशका विभिन्न जिल्लाका २१ जना साहाराविहिन विद्यार्थीलाई छात्रबृत्ति दिने घोषणा सहित रुकमाङ्गद कटुवाल ट्रष्टले आफ्नो परोपकारी कामको नयाँ सुरुवात गरेको छ । ट्रष्टले आफ्नो परोपकारी कामकारबाही बारे जानकारी दिन आयोजित शनिवारको कार्यक्रममार्फत ओखल्ढुंगा जिल्लाका १८, हुम्लाका २ र जुम्लाका एक समेत गरि २१ जना विद्यार्थीलाई छात्रबृत्ति घोषणा गरेको हो । पूर्व प्रधानसेनापति समेत रहनुभएका ट्रष्