२५ वर्षमा नेपाल संसारकै धनी देश बन्छ : डा.बाबुराम

भक्तपुर–जेठ २३ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले २५वर्षभित्र नेपाललाई संसारकै धनी देश बनाउने महत्वकांक्षी लक्ष्यको उद्घोष गर्नुभएको छ ।

baburam-bhattaraiनयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा ठिमीमा आयोजित अन्तरक्रियामा भट्टराइले दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षमा संसारकै धनी देश बनाउने गरि पार्टी घोषणा हुन लागेको उद्घोष गर्नुभएको हो । उहाँले संविधानलाई स्विकार गरेर सबै दल कार्यान्वयनमा लाग्नुपर्ने जिकिर गर्दै राष्ट्रलाई निकास दिन स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक हुने बताउनुभएको थियो । उहाँले भारत र चीनबीचको गतिशील पुल बनेर नेपालले अधिकतम लाभका साथै राष्ट्रिय स्वाधिनता मजबुद गर्नुपर्ने बताउनुभएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका संयोजक भट्टराइले आदिवासी–जनजाति, मधेसी, पीछडा लगायत निम्न वर्गका जायज माग संविधान संसोधन मार्फत समावेश गर्दै देशलाई स्थायीत्व दिनुपर्ने धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया