सरकारी कर्मचारीले ६० बर्षसम्म काम गर्न पाउने

काठमाडौं । सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० मा मार्फत सरकारी कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ । सोमबार दर्ता भएको विधेयकको प्रस्तावति मस्यौदामा हालको अनिवार्य अवकाशको उमेरहद ५८ वर्षलाई बढाएर ६० बर्ष कायम गरिएको हो । यो व्यवस्था लागू हुन संसदले कानुन पारित गर्नुपर्ने हुन्छ ।

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । एमालेसँग नयाँ सत्ता समिकरण भएसँगै एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक एक जनाले मन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनुभएको हो ।

सत्ता समिकरण फेरिएसँगै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रको मुल नेतृत्वको गठबन्धन फेरिएसँगै प्रतिनिधिसभाको आजको बैठक सूचना टाँगेर स्थगित गरिएको छ । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन भत्काई एमालेसहितका दलहरूसँगको सहकार्यमा नयाँ गठबन्धन बनाएपनि राजनीतिक दौडदुडका कारण सांसदहरू अनुपस्थित हुनेभएपछि बैठक स्थगित गरिएको हो ।

आर्थिक समृद्धि नै वर्तमान आवश्कता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुक अब आर्थिक प्रगतिको बाटोमा लाग्नुपर्ने बताउनुभएको छ । काभ्रे महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यात बढाउने र आयात घटाएर ब्यापारलाई सन्तुलन गर्दै आर्थिक बृद्धिको बाटोमा लाग्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति पौडेलले अहिलेको सन्दर्भमा जनताको जीवनस्तर उकास्न आर्थिक सबलीकरण नै महत्वपूर्ण आधार भएको बताउनुभयो

नेपाली महिला फुटबलर साम्बा फ्रेन्च क्लबमा आबद्ध

नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी साम्बा फ्रेन्च क्लबमा आबद्ध हुनुभएको छ । साम्बालाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले अनुबन्ध गरेको हो । सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स जानुभएको थियो । उक्त मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर बाहिर आएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको छ । आज विहान प्रधानमन्त्री कार्यालयमा दुईजनाबीच संक्रमणकालिन न्याय सम्बन्धी विषय लम्बिदै गएकाले यसलाई टुङ्ग्याउने सम्भावित आधारबारे छलफल भएको हो । छलपलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले संक्रमणकालिन न्याय सम्बन्धी विषय ट

मेरो खातामा पैसा जम्मा भएको छैन : सभापति लामिछाने

काठमाडौँ, ८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ । सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो र

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

महोत्तरी, ८ माघ : आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेख, ८ माघ : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणका लागि भैरवी गाउँपालिका–१ भिरखेतमा ४५ रोपनी जग्गा अधिग्रहण गरी स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको छ । अहिले उक्त क्षेत्रमा रिग हाउस

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ८ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष