ट्याक्टरले थिचिएर बालको मृत्यु

दाङ–दाङको त्रिपुर–२ धइरेनी टोलमा रोकेको ट्याक्टरमा खेल्ने क्रममा अचानक ट्याक्टर गुड्दा ४ वर्षीय बालकको ज्यान गएको छ । रा.१ त १०५३ नम्बरको ट्याक्टर स्टार्ट गरी रोकि राखेको अवस्थामा बच्चाहरु खेल्ने क्रममा गुड्न गई च्यापिएर स्थानीय  दिपक चलाउनेको ४ वर्षीय छोरा राहुल चलाउनेको ज्यान गएको हो । गम्भीर घाइते बालकलाई उपचारका लागि राप्ति उपक्षेत्रीय अस्पताल घोराही लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया