रुक्माङ्गद कटवाल ट्रष्टले २१ जना साहाराविहिन विद्यार्थीलाई दियो छात्रबृत्ति

काठमाडौं–जेठ । देशका विभिन्न जिल्लाका २१ जना साहाराविहिन विद्यार्थीलाई छात्रबृत्ति दिने घोषणा सहित रुकमाङ्गद कटुवाल ट्रष्टले आफ्नो परोपकारी कामको नयाँ सुरुवात गरेको छ ।

vlcsnap-2016-06-04-21h43m52s320ट्रष्टले आफ्नो परोपकारी कामकारबाही बारे जानकारी दिन आयोजित शनिवारको कार्यक्रममार्फत ओखल्ढुंगा जिल्लाका १८, हुम्लाका २ र जुम्लाका एक समेत गरि २१ जना विद्यार्थीलाई छात्रबृत्ति घोषणा गरेको हो । पूर्व प्रधानसेनापति समेत रहनुभएका ट्रष्टका अध्यक्ष रुक्माङ्गद कटुवालले शिक्षाले व्यक्तिलाई चेतनशिल र रोजगार बनाउने भन्दै शैक्षिक कार्यक्रममार्फत समाज र राष्ट्र रुपान्तरणको अभियान थालनी गरेको बताउनुभयो ।

vlcsnap-2016-06-04-21h44m53s085उहाँले भन्नुभयो–’तात्कालिन राजा महेन्द्रले काठमाडौं ल्याएर मलाई शिक्षा नदिएको भए, म अहिले कस्तो अवस्थामा कहाँ हुन्थे, म जुन ठाउँमा छु, जे बोलिरहेको गरिरहेको छु, यो शिक्षाको देन हो । हाम्रो देशमा थुप्रै वेशाहारा, विपन्न छन, जग्गा बेलेको २ करोड पैसाको ब्याजबाट थालेको यो सानो अभियानमा साथ र सायोग गर्नुहोस, सबैलाई शिक्षीत बनाउन सम्भब छ ।’ उहाँले ट्रष्ट मार्फत विपन्न र असहायहरुको साहारा बन्ने विश्वास दिलाउँनुभएको थियो । कार्यक्रममा बैंकर, सञ्चारकर्मी लगायतका वक्ताहरुलेले ट्रष्ट व्यक्ति, समाज हुँदै राष्ट्रलाई सहि दिशानिर्देश गर्ने एउटा सफल अभियान बन्नुपर्ने भन्दै सफलताको कामना गरेका थिए ।

२०७१ सालमा स्थापना भएको रुकमाङ्गद कटुवाल ट्रष्टले काभ्रे, ओखल्ढुंगा लगायत जिल्लाका भूकम्पपीडित परिवारलाई समेत जस्तापाता वितरण र विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया