जेठ २३ । २०६२ साल जेठ २३ गते चितवन माडीको बाँदरमुढे खोलामा यात्रुवाहक बस धरापमा पार्दा ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए । चितवनको माडी स्थित कल्याणपुर गाविसमा पर्ने बांदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बांदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा दुर्घटना भएको थियो । माओवादीले घटाएको उक्त घटनाको राष्ट्रिय र अन्तर्रा्ष्टि्रयस्तरमा चर्को रुपमा विरोध भएको थियो । माओवादी पार्टीले समेत एक विज्ञप्तिमार्फत युद्धको नियमविरुद्धको घटना भनी माफी मागेको थियो । यद्यपी, घटना घटाउने कुनै कार्यकर्तालाई पार्टीले कारबाही भने गरेको छैन् । घटना भएको आइतबार ११ बर्ष बितिसक्दा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो छ । पीडितको घाउंमा मलम लगाउन भन्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६० लाख रुपैयाा राहतको घोषणा गरे पनि पीडितहरुले मानवीय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचण्डले घोषणा गरेको ६० लाख राहतको प्याकेज बहिष्कार गरेका थिए । माडीको बगाईबाट भरतपुरसम्म आउनका लागि यात्रा गर्नेहरु प्राय: सर्वसाधारण नै थिए । घटनाका कतिपय घाइतेहरु अहिले पनि वैशाखीको सहारा लिन बाध्य छन् । बाादरमुढे घटना पहिलेदेखि नै माओवादी नेता तथा कार्यकर्ताको टाउको दुखाइको विषय बन्दै आइरहेको छ । पीडितहरुले घटनाका दोषिलाई कारवाही हुनु पर्ने र अन्य काम गरेर खान नसक्ने भएका घाइतेहरुलाई जिवनभर बाच्ने आर्थिक आधारको ग्यारेन्टी गर्नु पर्ने धारणा राख्दै आएका छन् ।