बजेट पारित पछि भद्र सहमति कार्यान्वयन नभए सबै सहमति तोडिन्छन : प्रचण्ड

पोखरा–जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि भद्र सहमति पनि कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

Prachanda_jpgपोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ९ बुँदे सँगै अर्को ‘भद्र सहमति’ भएको जिकिर गर्दै बजेटपछि कार्यान्वयन हुने अपेक्षा गर्नुभएको हो । उहाँले यहि सहमतिपछिका आधारमा सरकार अहिलेसम्म टिकेको भन्दै भद्र सहमति गर्ने २ पक्ष विश्वास र समझदारीमा नआए सहमति तोडिने बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, मधेशी, आदिवासी–जनजाति लगायतको असन्तुष्टिबाट देशलाई निकास दिन राष्ट्रिय सहमति अपरिहार्य हुने दोहोर्याउनुभएको थियो ।

संघियता, धर्म निरपेक्षता, सामाजिय न्याय, समानुपातिक समावेशीता जस्ता उपलब्धिहरु कार्यान्वयन चुनौतिपूर्ण रहेको भन्दै यी सबै चुनौति सामना गर्न पनि दलहरुबीच सहमति आवश्यक हुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया