ओली प्रचण्ड भेट–मनमुटाव मिलाउने मन्थन

काठमाडौं–जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
prachanda-kp-oli-बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रले ‘भद्र सहमति’का आधारमा एमालेले राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।

यता, एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालले समेत राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली सत्ता हस्तान्तरणबारे कुनै सहमति नभएको र यहि सरकारले आगामी मध्यावधी निर्वाचन गर्ने बताउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया