एमाले बैठक आजपनि बस्दै, पार्टी विवाद मिलाउने प्रयास

vlcsnap-2016-06-04-21h31m16s781काठमाडौं–जेठ २३ जेठ । शनिबारबाट जारी एमाले स्थायी समिति बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अध्यक्षबाट आह्वान बैठकले माओवादीसँग भएको भनिएको भद्र सहमति र सरकारलाई निरन्तरता दिने वा नदिने लगायतका विषयमा निष्कर्ष निकाल्ने बताइएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका चुनौतीको लेखाजोखा गर्दै र एकजुट भएर निकासमा जुट्नुपर्ने बताउनुभएको थियो । यस्तै, बालुवाटार बैठकले बजेट जनमुखी रहेको ठहर गर्दै संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आह्वान गरेको थियो । माओवादीसँगको ९ बुँदे सहमतिका क्रममा ३ बुँदे भद्र सहमति भएको भन्ने विषयमा एमालेभित्र नै मत विभाजन छ ।

पूर्वप्रधानमन्त्री द्धय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु भद्र सहमति पालना गर्ने पक्षमा देखिदा अध्यक्ष ओली पक्ष सरकारलाई ०७४ मंसिरको अर्को आम निर्वाचनसम्म लम्ब्याउने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया