देशलाई आवश्यक परे कांग्रेसले गर्छ सहमतिय सरकारको नेतृत्व

Ser-Bahadur-Deuba-400x255कास्की–जेठ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनगर्दै राष्ट्रलाई निकास दिनेतर्फ कांग्रेस अग्रसर हुने बताउनुभएको छ ।

पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ वितरण समारोहमा बोल्दै कांग्रेस सभापति देउवाले ओली सरकारलाई कांग्रेसले काँध थाम्न नसक्ने भन्दै नेतृत्व गर्न कांग्रेस आफै सक्षम रहेको बताउनुभएको हो । सत्ता साझेदार माओवादी केन्द्रको तिब्र असन्तुष्ठि, आफ्नै पार्टीका नेताहरुबाट सरकार छाड्न दबाब परेको अवस्थामा प्रतिपक्षी कांग्रेसले ओली सरकार बचाउन नसक्ने बताउनुभएको हो ।

देउवाले ओली सरकारले स्थानीय निकायको चुनाव नगर्ने षडयन्त्र सुरु गरेको भन्दै राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अगावै चुनाव संभव नहुने बताउनुभएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको भन्दै आवश्यक परे संविधान कार्यान्वयनको नेतृत्व लिन कांग्रेस तयार रहेको खुलासा गर्नुभएको थियो । उहाँले कांग्रेसले राज्यको ढुकुटीमा जम्मा गरेको बजेट ओली सरकारले मनोमानी रुपमा बाडफाँड गरेको भन्दै बजेटप्रति असन्तुष्टी जनाउनुभएको थियो ।

कार्यक्रममा पत्रकार रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया