१० सहकारी खारेज

चैत,४ । कञ्चनपुर डिभिजन सहकारी कार्यालयले जिल्लाका १० वटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । कार्यालयले तीन वर्षयता कञ्चनपुरका १० र डडेल्धुराका ६ सहकारी संस्थाको दर्ता खारेजी गरेको हो । लामो समयसम्म वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र साधारण सभासम्बन्धी कागजात नबुझाएपछि दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । डिभिजन सहकारी कार्यालयमा कञ्चनपुरका ३ सय ९४ र डडेल्धुरा जिल्लामा १ सय

जस्मिन पेन्ट्सका ब्रान्ड एम्बेसडर मह जोडी

काठमाडौं–चैत, १ ।  नेपाली ब्रान्डको जस्मिन पेन्ट्सले आफ्नो उत्पादन प्रवद्र्धनका लागि कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर बनाउने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले नेपाली मनको नेपाली रङको नारासहित मह जोडीलाई ब्रान्ड एम्बेसडर बनाउने जानकारी दिएको हो ।

बजार अनुगमन बन्यो झारा टार्ने काम

काठमाडौं– फागुन २७ । बजारमा पाइने दैनिक उपभोग्य खाद्यबस्तु एवं पेय पदार्थको गुणस्तरको अवस्थाबारे खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले अनुगमन गरी दुषित खाद्यबस्तु उत्पादक एवं ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने गर्दछ । चालु आर्थिक बर्षको ७ महिना अवधिमा विभागले ४ ओटा दुषित दुध र ३ ओटा दुषित पानी उत्पादक तथा बिक्री गर्ने कम्पनी सहित १५ फर्म तथा होटेललाई कारबाहीका लागि मुद्दा दायर गरेको छ । पानीम

विराटनगरको रानी भन्सार प्रभावित

मोरङ–फागुन २७ ।  प्रहरीले जाँच पासमा कडाई गरेपछि आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूको कारण  बिहीबार तेस्रो दिन पनि रानी भन्सार कार्यालयबाट भन्सार उठ्न सकेन । प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिमाणको सामान जााचपास गरी सोही अनुरुप कागज मिलाउने गरेको भन्दै प्रहरीले जाँच पास कडा गरेको हो । आन्दोलनका कारण राजश्वमा प्रवाभ पर्दा १२ करोड भन्दा राजश्व असुली प्रभावित भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा चिनियाँ नाका खोल्ने सहमति हुने

बाग्लुङ– फागुन २५ । संसदको विकास समितका सभापति रवीन्द्र अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमणमा उत्तरी नाका खोल्ने सहमति हुने दाबि गर्नुभएको छ । प्रेस चौतारी नेपाल बाग्लुङले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले चीनसँगको पुरानो व्यापारलाई सुचारु गर्न  गर्न आवश्यक रहेको पनि बताउनुभयो । अधिकारीले दुईपक्षीय व्यापार सम्झौता गरेर आएपछि उत्तरदक्षिण जोड्ने सडकको विकास र नाकाहरु खोलि

संघीय संरचनाका सातै प्रदेशमा इन्धन डिपो राख्ने तयारी

काठमाडौं– फागुन २५ । देश संविधान अनुसार संघीय संरचना गएपछि सात वटा प्रदेशमा इन्धन डिपो राख्ने तयारी आपूर्ति मन्त्रालयले गरेको छ । संघीय संरचनामा गएपछि पेट्रोलियम पदार्थको बिक्री–वितरण सहज बनाउन आपूर्ति मन्त्रालयले सातैवटा प्रदेशमा नेपाल आयल निगमको भण्डार बनाउने तयारीमा जुटेको हो । नुवाकोट जिल्लाको विदुर–बेत्रावती, तनहुँको खैरेनी–दमौली र काभ्रेको बनेपा–पाँचखालमा डिपो निर्माण गर्ने प्रक्रिया अघि बढि

आइओसीले इन्धनको परिमाण बढाउन थाल्यो केही दिनमा डिजेल पट्रोल सहज हुने

फागुन २४ । पछिल्लो समय भारतीय आयल निगमले नेपाल आयल निगमलाई माग उपलब्ध गराउन थालेको छ । ७० प्रतिशत मात्र इन्धन दिने नीति लिएको आइओसीले मात्रा बढाएर विदाको दिन पनि नेपाललाई इन्धन उपलब्ध गराउन थालेको हो । आयल निगमका प्रवक्ता मुकुन्दप्रुसाद घिमिरेका अनुसार आइओसी अहिलेकै जसरी इन्धन वितरण गरे अबको केही दिन इन्धनको आयात सहज हुनेछ । भारतले मागअनुसारको इनधन दिएपनि ग्यास सहज हुन भने केही साता नै कुर्नुपर्ने

यस बर्ष विनोद चौधरीको सम्पति घट्यो

फागुन २३ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको तथ्याङ्क अनुुार नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश अर्ब रुपैयाँ देखिएको छ । उनको सन् २०१५ मा उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात एक खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो । त्यतिबेला उनको सम्

एक साता भित्र घर निर्माणका लागि सरकारले अनुदान दिने

फागुन २३ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई निजी आवास निर्माणका लागि एक साताभित्र अनुदान दिने प्रक्रिया सुरु गर्ने भएको छ । प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी एक साताभित्र २९ गतेको भूकम्पको केन्द्रविन्द् दोलखा जिल्लाको सिंगटी क्षेत्रबाट अनुदान वितरण सुरु गर्ने जानकारी गराएको हो । २० गतेदेखि वितरण गर्ने भनिएको अनुदान कांग्रेस महाअधिबेसनका कोर एक साता पछि धकेलिएको प्राधिकरण

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

फागुन २३ । शेयरबजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५.७८ अंकले बढेर १३०६.५४ अंकमा पुगेको छ । कारोबार रकममा १६ करोडले बढोत्तरी भएको बजारमा धेरै कमाउनेको सूचीमा बीमा कम्पनीहरु देखा परेका छन् । वित्त र अन्य समूह बाहेक सबै समूह सकारात्मक बनेपछि आइतबारको बजारले नयाँ उचाई लिएको हो । बीमा समूहमा उच्च सुधार देखिएको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन्