प्रधानमन्त्रीको चीन भ्रमणमा चिनियाँ नाका खोल्ने सहमति हुने

बाग्लुङ– फागुन २५ । संसदको विकास समितका सभापति रवीन्द्र अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमणमा उत्तरी नाका खोल्ने सहमति हुने दाबि गर्नुभएको छ । प्रेस चौतारी नेपाल बाग्लुङले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले चीनसँगको पुरानो व्यापारलाई सुचारु गर्न  गर्न आवश्यक रहेको पनि बताउनुभयो । अधिकारीले rabindraदुईपक्षीय व्यापार सम्झौता गरेर आएपछि उत्तरदक्षिण जोड्ने सडकको विकास र नाकाहरु खोलिने बताउनुभयो । अधिकारीले समितिले सम्भावित उत्तरीका ७ नाका मध्ये ५ वटाको स्थलगत भ्रमण गरेर प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया