नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

फागुन २३ । शेयरबजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५.७८ अंकले बढेर १३०६.५४ अंकमा पुगेको छ । कारोबार रकममा १६ करोडले बढोत्तरी भएको बजारमा धेरै कमाउनेको सूचीमा बीमा कम्पनीहरु देखा परेका छन् । वित्त र अन्य समूह बाहेक सबै समूह सकारात्मक बनेपछि आइतबारको बजारले नयाँ उचाई लिएको हो । बीमा समूहमा उच्च सुधार देखिएको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन् । जलविद्युत, विकास बैंक, होटल र वाणिज्य बैंक समूहमा लाभ लिएका छन् । आइतबार बजारमा १२६ कम्पनीका १० लाख ९५ हजार कित्ता सेयर ७८ करोड २५ लाख रुपैयाा बराबरमा किनबेच भएको छन् । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम समेत झण्डै १६ करोडले बढेको नेपाल स्टक एक्सचेन्ज कम्पनीको तथ्याङ्रकले देखाएको छ ।

Published On:  483पटक हेरिएको

तपाईको प्रतिक्रिया