फागुन २३ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई निजी आवास निर्माणका लागि एक साताभित्र अनुदान दिने प्रक्रिया सुरु गर्ने भएको छ । प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी एक साताभित्र २९ गतेको भूकम्पको केन्द्रविन्द् दोलखा जिल्लाको सिंगटी क्षेत्रबाट अनुदान वितरण सुरु गर्ने जानकारी गराएको हो । २० गतेदेखि वितरण गर्ने भनिएको अनुदान कांग्रेस महाअधिबेसनका कोर एक साता पछि धकेलिएको प्राधिकरणको भनाइ छ । पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले अनुदानको पहिलो किस्ता बैंकमार्फत उपलब्ध गराइने र स्थानीयवासीले आफूलाई अनुकुल हुने समयमा निकालेर घर निर्माणमा खर्च गर्न पाउने बताउनुभयो । प्राधिकरणका अनुसार भुकम्प प्रभावितहरुले अनुदान सहयोग अन्र्तगत दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रुपैयाा पाउने छन् ।