बजार अनुगमन बन्यो झारा टार्ने काम

काठमाडौं– फागुन २७ । बजारमा पाइने दैनिक उपभोग्य खाद्यबस्तु एवं पेय पदार्थको गुणस्तरको अवस्थाबारे खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले अनुगमन गरी दुषित खाद्यबस्तु उत्पादक एवं ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने गर्दछ । चालु आर्थिक बर्षको ७ महिना अवधिमा विभागले ४ ओटा दुषित दुध र ३ ओटा दुषितanugaman पानी उत्पादक तथा बिक्री गर्ने कम्पनी सहित १५ फर्म तथा होटेललाई कारबाहीका लागि मुद्दा दायर गरेको छ । पानीमा पिएच तथा सुक्ष्म जिवाणु भएको एवं दुधमा पनि सुक्ष्म जिवाणु भेटिएका फर्म तथा कम्पनीबिरुद्ध मुद्दा दायर गरिएको हो । गत माघमा विभागले १ सय ७६ पटक खाद्यबस्तुको गुणस्तरबारे बजार अनुगमन गरेको बताएको छ । तर अखाद्य बस्तु उत्पादन र बिक्रीबितरण गर्नेमाथि हुने कानुनी कारबाही भने फितलो हुने गरेको छ । बजारमा मिसावट तथा म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यबस्तु तथा दुषित पेय पदार्थ छ्यापछ्याप्ती पाइन्छन् । तर बजारमा यसरी गुणस्तरहीन खाद्यबस्तु बिक्री भइरहँदा पनि विभागले प्रभावकारी ढंगले बजार अनुगमन नहुने गरेको उपभोक्ताहरुको गुनासो छ  ।

तपाईको प्रतिक्रिया