काठमाडौं– फागुन २५ । देश संविधान अनुसार संघीय संरचना गएपछि सात वटा प्रदेशमा इन्धन डिपो राख्ने तयारी आपूर्ति मन्त्रालयले गरेको छ । संघीय संरचनामा गएपछि पेट्रोलियम पदार्थको बिक्री–वितरण सहज बनाउन आपूर्ति मन्त्रालयले सातैवटा प्रदेशमा नेपाल आयल निगमको भण्डार बनाउने तयारीमा जुटेको हो । नुवाकोट जिल्लाको विदुर–बेत्रावती, तनहुँको खैरेनी–दमौली र काभ्रेको बनेपा–पाँचखालमा डिपो निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको आपूर्ति मन्त्रालयका अधिकारीले जानकारी दिए । त्यस्तै, नाकाबन्दीपछि भारतले ७० प्रतिशतभन्दा बढी इन्धन नदिएकाले ३० प्रतिशत चीनबाट ल्याउने गृहकार्यमा सरकार जुटेको बताइएको छ । हुन त सरकारले यसअघि नै चीनसँग इन्धन खरिद गर्ने पक्रिया अघि बढाउने भनेपनि त्यसले खासै गति लिन सकेको छैन । भारतीय आयल निगमले पछिल्लो समय तेलको मात्राको बढाएको भनेपनि अझै बजारमा उपभोक्ताले माग गरे अनुसारको इन्धन आपूर्ति हुन सकेको छैन ।