फागुन २३ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको तथ्याङ्क अनुुार नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश अर्ब रुपैयाँ देखिएको छ । उनको सन् २०१५ मा उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात एक खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो । त्यतिबेला उनको सम्पत्ती २० अर्ब रुपैयाँले बढेको फोब्र्सले जनाएको थियो । फोब्र्सको अर्बपतिहरुको सूचीमा चौधरी १५ ुय ७७ स्थानमा रहेका छन् । सम्पत्ती चौधरीको स्थान समेत तल झरेको छ । फोब्र्सको सन् २०१५ को सूचीमा उनी १४१५ स्थानमा रहेका थिए । फोब्र्सको सूचीमा अमेरिकाका बिल गेट्स एक नम्बरमा रहेका छन् । उनको सम्पत्ती ७५ अर्ब डलर रहेको छ । दोस्रो नम्बरमा ६७ अर्ब डलर सम्पत्ती सहित स्पेनका अमानकिओ ओर्टेगा रहेका छन् । तेस्रो नम्बरमा रहेका वारेन बफेटको सम्पत्ती ६०.८ अर्ब डलर रहेको छ । फेसबुकका संस्थापक मार्क जुगकरबर्ग ४४.६ अर्ब डलरसहित छैठौं नम्बरमा रहेका छन् । नेपालका अर्बपति चौधरीको नबिल बैंक, चाउचाउ, इलेक्ट्रोनिक्स, बियर, सिमेन्ट लगायतमा लगानी रहेको छ । उनले सर्बिया, साउदी अरेविया र बंगलादेशमा चाउचाउ लगायतको खाद्य उद्योग विस्तार गरिरहेको फोब्र्सले पत्रिकामा उल्लेख गरिएको छ ।