१० सहकारी खारेज

चैत,४ । कञ्चनपुर डिभिजन सहकारी कार्यालयले जिल्लाका १० वटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । कार्यालयले तीन वर्षयता कञ्चनपुरका १० र डडेल्धुराका ६ सहकारी संस्थाको दर्ता खारेजी गरेको हो । लामो समयसम्म वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिsahakariवेदन र साधारण सभासम्बन्धी कागजात नबुझाएपछि दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । डिभिजन सहकारी कार्यालयमा कञ्चनपुरका ३ सय ९४ र डडेल्धुरा जिल्लामा १ सय ८८ सहकारी संस्था दर्ता छन् ।

Published On:  508पटक हेरिएको

तपाईको प्रतिक्रिया