पुनःनिर्माणको काम सुरु, भूकम्पपीडितलाई राहत

गोरखा– २२ चैत । गोरखाको गाउँ–बस्तीबाट पुनःनिर्माणको काम सुरु हुन थालेपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् । अनुदान रकम लिएर बर्खाअघि नै घर बनाउन पाइने भएपछि भूकम्पपीडित खुसिले दंग छन् । सरकारले व्यक्तिगत घर बनाउन अनुदान रकम दिने निश्चित भएपछि भच्चेक बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेको घुइँचो नै लागेको छ । पुनःनिर्माणका लागि अनुदान रकम लिन अनिवार्य रुपमा बैंक खाता

पाल्पामा यस वर्ष एक करोड ५६ लाखको अन्डा उत्पादन

पाल्पा– २२ चैत । पाल्पामा यस वर्ष एक करोड ५६ लाख बराबरको अन्डा उत्पादन भएको जिल्लास्थित पशु विकास केन्द्रले जनकारी दिएको छ । उत्पादित अन्डा मध्ये स्थानीय जातको अण्डाबाट एक लाख ३० हजार र अन्य उन्नत जातबाट एक करोड ५४ लाख ४१ हजार बराबरको आम्दानी भएको छ ।  गत वर्ष स्थानीयबाट रु एक लाख २६ हजार र अन्य उन्नत अण्डाबाट रु एक करोड ५३ लाख ८० हजार गरी जम्मा रु एक करोड ५५ लाख बराबरको कारोबार भएको पशु विकास क

विदेशमा रहेका नेपाली युवाको एकल लगानीमा गाउँमा मोटरबाटो

पाँचथर–चैत । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गरेका छन् । पाँचथरको भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले रु २७ लाख खर्चेर गाउँमा मोटरबाटो पु¥याएका हुन् । मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर मोटरबाटो निर्माण उनकै लगानी र पहलमा भएको स्थानीयले बताए । विकासका पूर्वाध

धार्मिक पर्यटनको विकास विस्तार आवश्यक:दाहाल

काठमाडौँ, २१ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ धार्मिक पर्यटनको पहिलो आधार भएको भन्दै यस क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनमा सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विश्वका विभिन्न मुलुकले यस्ता धार्मिक केन्द्रबाटपर्यटकीय तथा

अब दश जिल्लाका भूकम्पपीडितले पूर्ननिर्माण लागि अनुदान पाउने

काठमाडौं–चैत १६ । गत बैशाख भूकम्पबाट पूर्णरूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । सरकारले अहिले दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । सरकारले यस अघि नै पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाा अनुदान उ

अरूण तेस्रोको सम्झौता कार्यान्वयन भएन

चैत १५ । अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडीए) गरेको एक वर्ष बित्दा पनि  काम सुरु हुन सकेको छैन । सरकारले भारतीय कम्पनी सतलजसँग निमार्ण सम्झौता गरेपनि  काम शुरू हुन नसकेको हो । जग्गाको मुआब्जा सेयर अधिकार लगायतका विषयमा विवाद भएपछि काम सुरु हुन नै ढिलाइ भएको बुझिएको छ । विश्व बैंकले २०४४ देखि २०४६ सालसम्म मुआब्जा वितरण गरिसकेको तेस्रो परियोजनास्थलको प्रवेश मूल सडक तुम्लिङटार–छ्याङ्कुटीको प्रमाण

बजारको हल्लाले पट्रोल पम्ममा भीड

काठमाडौं–१५ । आइतबार काठमाडौंका विभिन्न पम्ममा सवारी चालकको लाइन देखियो । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग १० बुँदे सहमति गरेपछि भारतले पुन नाकाबन्दी गर्ने भन्ने हल्ला बजारमा फैलिएपछि उपभोक्ता भीड लागेको हो । तर नेपाल आयल निगमका अनुसार अहिले डिजेल पट्रोलमा अभाव छैन । आइतबार मात्रै आयल निगमले काठमाडौंको थानकोट डिपोबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको थियो ।

कता गयो ग्यास ?

काठमाडौं–चैत १४ । भारतले लगाएको अघोषित नाकाबन्दीयता आपूर्तिमा आएको असहजतासँगै वितरण प्रणाली समेत खल्बलिएपछि ग्यासका हजारौं उपभोक्ता अभावमै जिवन निर्वाह गर्न बाध्य भएका छन् । नाका सहज बनेको लामो समयभएपनि पर्याप्त आपूर्ति र वितरणमा पारदर्शिता नहुदा  सर्वसाधारणले अझै अभाव झेल्नुु परेको छ । पछिल्ला दिननहरूमा डिजेल, र पट्रोल सहज बन्दै गएपनि खाना पकाउने एलपी ग्यासको समस्या उस्तै रहेको छ । नेपाल आयल निगम

सुनको भाउ घट्यो

काठमाडौ–चैत १३ । एक हप्ताको समयावधिमा सुन प्रतितोला १४ सय रूपैयाँ सस्तिएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले सस्तिएको छ । गत साताको शुक्रबार एक तोलाको ५५ हजार ८ सय रुपैयाँ रहेको सुन यो साताको शुक्रबार ५४ हजार ४ सय रुपैयाँमा झरेको हो । गत आइतबार प्रतितोला सुन ३ सय रुपैयाँले घटेर ५५ हजार ५ सय रुपैयाामा आइपुगेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ५५

इन्धन आयात गर्न दिने निर्णय फिर्ता

काठमाडौं–चैत,५ । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रलाई इन्धन आयात तथा बिक्री गर्न दिने यसअघिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने आपूर्तिमन्त्री गणेशमान पुनको निर्णय फिर्ताको प्रस्ताव स्वीकृत गरेको हो । यो निर्णयसँगै विराट पेट्रोलियम लगायतका ३५ कम्पनीसँग भएको इन्धन आयात तथा बिक्री सम्झौता खारेज स्वत: भ