कता गयो ग्यास ?

काठमाडौं–चैत १४ । भारतले लगाएको अघोषित नाकाबन्दीयता आपूर्तिमा आएको असहजतासँगै वितरण प्रणाली समेत खल्बलिएपछि ग्यासका हजारौं उपभोक्ता अभावमै जिवन निर्वाह गर्न बाध्LP_gas_cilinderय भएका छन् । नाका सहज बनेको लामो समयभएपनि पर्याप्त आपूर्ति र वितरणमा पारदर्शिता नहुदा  सर्वसाधारणले अझै अभाव झेल्नुु परेको छ । पछिल्ला दिननहरूमा डिजेल, र पट्रोल सहज बन्दै गएपनि खाना पकाउने एलपी ग्यासको समस्या उस्तै रहेको छ । नेपाल आयल निगमका अनुसार नाकाबन्दी भन्दा पहिलेकै परिणाममा ग्यास आएपनि लामो समयसम्म बजारमा ग्यास अभाव रहँदा सर्वसाधारणले सहजै ग्यास पाउन नसकेका हुन् । हाल वीरगञ्ज नाकाबाट मात्रै साविक भन्दा बढि ग्यास आपूर्ति भएपनि अभाव टर्न नसकेको निगमको भनाई छ । आयल निगमले लामो समय बजारमा ग्यासको अभाव हुँदा ग्यास सहज हुन नसकेको भनेर बताएपनि बजारमा पहँुचवालाले सजिलै ग्यास पाएका छन् भने सर्वसाधारणले १ सिलिण्डर ग्यासको लागि पनि हप्तौ कुनुपर्ने अवस्था छ । निगमले बजारमा ग्यास वितरणको अनुगमन गरिहरेको दावि गरेपनि बजारमा त्यसको कुनै प्रभाव देखिदैन । सरकारले सबै नाका सहज भएको केही दिनमा इन्धन सहज हुने दाबी गरेपनि नाका खुलेको लामो समय हुदा पनि इन्धन नपाउदा सरकारी भनाइप्रति विश्वास गर्न छाडेका छन् ।

तपाईको प्रतिक्रिया