पुनःनिर्माणको काम सुरु, भूकम्पपीडितलाई राहत

गोरखा– २२ चैत । गोरखाको गाउँ–बस्तीबाट पुनःनिर्माणको काम सुरु हुन थालेपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् । अनुदान रकम लिएर बर्खाअघि नै घर बनाउन पाइने भएपछि भूकम्पपीडित खुसिले दंग छन् ।barpak-2-650_042815055950

सरकारले व्यक्तिगत घर बनाउन अनुदान रकम दिने निश्चित भएपछि भच्चेक बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेको घुइँचो नै लागेको छ । पुनःनिर्माणका लागि अनुदान रकम लिन अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने नियम बनेपछि पीडित खाता खोल्न बैंक पुगेका हुन् । इन्जिनियरको टोलीले विद्युतीय तथ्याङ्क सङ्कलन गरेपछि दिएको ‘सेतो कार्ड’ लिएकाले अनुदान रकम पाउँनेछन् ।
यस्तै, पुनःनिर्माण प्राधिकरणले गाउँमा टाँस गरेको नामावलीमा समावेश नामका आधारमा अनुदान रकम दिने व्यवस्था मिलाइएको छ । घर भत्किएका पीडित र गाविस सचिवबीच सम्झौता भएपछि बैंक खातामार्फत पहिलो किस्ता ५० हजार वितरण हुन्छ । हंसपुर–४ काफलडाँडाका ठाकुर विकले आउँदो बर्खाअघि नै घर बन्ने गरी द्रुत गतिमा काम हुनुपर्ने भन्दै अनुदान पाउन लागेकोमा खुसि व्यक्त गरे । np-10-5
भच्चेकमा बैंक भएकाले हंसपुरबाट पुनःनिर्माणको काम सुरु गरिएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख गुणराज भट्टराईले बताए । अनुदान रकम पाउनेको सूची टाँस गरिसकेको भन्दै उनले चैत २८ गते पहिलो किस्ताको ५० हजार रुपैयाँ बैंक खातामा पठाउने बताए । अनुदान रकम पाएपछि भूकम्पपीडितले प्राधिकरणले खटाएको इन्जिनियरको सल्लाहअनुसार नयाँ घर बनाउन पाउनेछन ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नामावलीमा नाम छुटेको भए पुनः दर्ता गर्न सकिन्छ । हंसपुरबाट पुनःनिर्माण अभियान सुरु गरिएको बताउँदै उनले ६० गाविस र दुई नगरपालिका क्षेत्रमा पनि क्रमशः पुनर्निर्माणको प्रक्रिया सुरु गरिने बताए । भूकम्पले गोरखाका करिब ७० हजार व्यक्तिगत घर भत्किएको तथ्याङ्क छ

तपाईको प्रतिक्रिया