अरूण तेस्रोको सम्झौता कार्यान्वयन भएन

चैत १५ । अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडीए) गरेको एक वर्ष बित्दा पनि  काम सुरु हुन सकेको छैन । सरकारले भारतीय कम्पनी सतलजसँग निमार्ण सम्झौता गरेपनि  काम शुरू हुन नसकेको हो । जग्गाको मुआब्जा सेयर अधिकार लगायतका विषयमा विवाद भएपछि काम सुरु हुन नै ढिलाइ भएको बुझिएको छ । विश्व बैंकले २०४४ देखि २०४६ सालसम्म मुआब्जा वितरण गरिसकेको तेस्रो परियोजनास्थलको प्रवेश मूल सडक तुम्लिङटार–छ्याङ्कुटीको प्रमाण नभेटिएपछि खाादबारी १३ तुम्लिङटारदेखि खादबारी छ्याङ्कुटीसम्मको करिब ३५ किलोमिटर सडक सतलजलाई जिम्मा दिन सकेको छैन । सरकारले सम्झौता भएको ४५ दिनभित्र अरुण तेस्रो आयोजनालाई सम्पूर्ण सडक जिम्मा दिनुपर्ने प्रावधान भए पनि नसकेपछि ढिलाइ भएको बताइएको छ । विश्व बैंकले मुआब्जा दिन तय गरेको सडक, खाँदबारी नगरपालिकाले प्रारम्भिक रूपमा तयार पारेको नक्सा अनुसारको सडक र जनताबाट खनिएको गरी तीन सडक छन् ।

Published On:  461पटक हेरिएको

तपाईको प्रतिक्रिया