धार्मिक पर्यटनको विकास विस्तार आवश्यक:दाहाल

काठमाडौँ, २१ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ धार्मिक पर्यटनको पहिलो आधार भएको भन्दै यस क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

Prachanda-2
राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनमा सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विश्वका विभिन्न मुलुकले यस्ता धार्मिक केन्द्रबाटपर्यटकीय तथा आर्थिक गतिविधि गरेको भन्दै नेपालले पनि सदुपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले पशुपतिनाथ क्षेत्र जस्ता महत्वपूर्ण धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके नेपालको अर्थतन्त्र सुधारमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

नेपालका सबै जसो पर्यटकीय गन्तब्यको खोजी, विकास, विस्तार र प्रचारमा सिंगो राष्ट्र र जनता जुट्ने समय आएको दाहालको दाबी थियो ।

Published On:  466पटक हेरिएको

तपाईको प्रतिक्रिया