अब दश जिल्लाका भूकम्पपीडितले पूर्ननिर्माण लागि अनुदान पाउने

1234काठमाडौं–चैत १६ । गत बैशाख भूकम्पबाट पूर्णरूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । सरकारले अहिले दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । सरकारले यस अघि नै पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाा अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । यसमध्ये पहिलो किस्ता ५० हजार रुपैयाा वितरणको काम सुरु भएको हो ।

तपाईको प्रतिक्रिया