बजारको हल्लाले पट्रोल पम्ममा भीड

काठमाडौं–१५ । आइतबार काठमाडौंका विभिन्न पम्ममा सवारी चालकको लाइन देखियो । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग १० बुँदे सहमति गरेपछि भारतले पुन नाकाबन्दी गर्ने भन्ने हल्ला बजारमा फैलिएपछि उपभोक्ता भीड लागेको हो । तर नेपाल आयल निगमका अनुसार अहिले डिजेल पट्रोलमा अभाव छैन । आइतबार मात्रै आयल निगमले काठमाडौंको थानकोट डिपोबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया