पाल्पामा यस वर्ष एक करोड ५६ लाखको अन्डा उत्पादन

पाल्पा– २२ चैत । पाल्पामा यस वर्ष एक करोड ५६ लाख बराबरको अन्डा उत्पादन भएको जिल्लास्थित पशु विकास केन्द्रले जनकारी दिएको छ । उत्पादित अन्डा मध्ये स्थानीय जातको अण्डाबाट एक लाख ३० हजार र अन्य उन्नत जातबाट एक करोड ५४ लाख ४१ हजार बराबरको आम्दानी भएको छ ।  egg

गत वर्ष स्थानीयबाट रु एक लाख २६ हजार र अन्य उन्नत अण्डाबाट रु एक करोड ५३ लाख ८० हजार गरी जम्मा रु एक करोड ५५ लाख बराबरको कारोबार भएको पशु विकास कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा हाल स्थानीय र उन्नत गरी १२७ कुखुरा फार्मबाट अन्डा र मासु उत्पादन हुने गरेको छ ।

जिल्लामा बर्सेनि २१ लाख १६ हजार ८०० अन्डा रुपन्देही, चितवन लगायत जिल्लाबाट आयात गरिँदै आएको कारण एक वर्षभित्रमा जिल्लालाई अन्डामा आत्मनिर्भर बनाउने उद्देश्यले पशु विकास कार्यालयले लिएको छ । कार्यालयले कुखुरापालक किसानलाई खोर निर्माण, युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अनुदान लगायत सुविधा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया