सुनको भाउ घट्यो

काठमाडौ–चैत १३ । एक हप्ताको समयावधिमा सुन प्रतितोला १४ सय रूपैयाँ सस्तिएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले सस्तिएको छ । गत साताको शुक्रबार एक तोलाको ५५ हजार ८ सय रुपैयाँ रहेको सुन यो साताको शुक्रबार ५४index हजार ४ सय रुपैयाँमा झरेको हो । गत आइतबार प्रतितोला सुन ३ सय रुपैयाँले घटेर ५५ हजार ५ सय रुपैयाामा आइपुगेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाा कायम भयो । त्यस्तै बिहिबार पुन: ५ सय रुपैयाँले सस्तिएको सुनको भाउ शुक्रबार १ सय रुपैयाँले ओर्लियो ।

Published On:  419पटक हेरिएको

तपाईको प्रतिक्रिया