म्यानमारमा एकै दिन १ सय ३८ आस्थाका बन्दी रिहा

म्यानमार–२७ चैत । म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । शुक्रबार एकैदिन कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ । म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको हो । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको बताइएको छ । आममाफी पाएका ती बन्दीमा अधिकांश विद्यार्थी रहेका छन् । राजन

अल नुस्रा फ्रन्टले खसाल्यो सिरियाली युद्धक विमान

सिरिया, २३ चैत । सिरियाली सरकारविरुद्ध युद्धरत विद्रोहीले सरकारी युद्धक विमानलाई खसालिदिएको छ । सिरियाको उत्तरी सहर एलएइस नजिकै सरकारी विमान खसालेको र विमान चालकलाई जीवितै अवस्थामा नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध रहेर सिरियामा आतंकबादी गतिविधि सञ्चालन गर्दै आएको अल नुस्रा फ्रन्टले जनाएको छ । अलेप्पो प्रान्तको रणनीतिक रुपमा विद्रोहीले गतिविधि सञ्चालन गर्दै आएको उक्त सहरबाट गत शुक्रबार मात्रै स

क्यानडामा विमान दुर्घटना पूर्व मन्त्री सहित ७ को मृत्यु

एजेन्सी–चैत १७ । क्यानडामा एक निजी विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा परि पूर्वमन्त्री सहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहित उनका परिवारका सदस्यहरु परेको जनाइएको छ । विमान दुर्घटनामा परि लापिरेकी श्रीमती, दुई भाई र एक बहिनीको निधन भएको छ। उनीहरु लापिरेक

अमेरिकी संसदमा प्रवेश गर्ने हतियारधारीलाई प्रहरीले गोली हान्यो ।

एजेन्सी–चैत १६ । वासिङटनस्थित अमेरिकी संसद भवनको आगन्तुक केन्द्रमा प्रवेश गर्न खोज्ने एक हतियारधारीलाई प्रहरीले गोली हानेको छ । प्रहरीले चिनेका ति व्ययक्ति उनी टेनेस्से राज्यमा बसोबास गर्ने ६६ वर्षिय ल्यारी डसन रहेको बताइएको छ । प्रहरीले गोली प्रहार गरिएको घटनालाई सामान्य कारवाही भन्दै सर्वसाधारणमाथि कुनै खतरा नमोलिएको स्पष्ट पारेको छ । गोली लागि घाइते भएका हतियारधारीलाई हस्पिटलमा भर्ना गरिएको छ ।

श्रीमती भेट्न विमान अपहरण : सबै यात्रु मुक्त

एजेन्सी –काठमाडौं १६ । इजिप्ट एयरको विमान अपहरण गरी साइप्रसको लार्नका पुर्‍याएका अपहरणकारीले ४ विदेशी र चालकदलका सदस्य बाहेक अन्य सबैलालाई रिहा गरेको अन्तर्रा्ष्टि्रय समाचार एजेन्सीहरूले जनाएका छन् । इजिप्टकै सहर एलेक्सान्ड्रियाबाट कायरो तर्फ गइरहेको इजिप्ट एयरको आन्तरिक उडान एक हतियारधारीले अपरहरण गरेको बताइएको छ । अपहरणकारीले उक्त विमान आफुनी श्रमितीलाई भेट्न अपहरण गरेको बीबीसीले जनाएको छ । अपहर

ब्रसेल्स घटनाका ६ शंकास्पद व्यक्ति पक्राउ

एजेन्सी–चैत १२ । बेल्जियमको राजधानी ब्रसेल्समा मंङ्गलबार भएको आक्रमणमा संलग्न रहेको आशंकामा ६ जना पक्राउमा परेका छन् । पक्राउमा परेकाहरूको पहिचान खुलाइएको छ । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । त्यस्तै, फ्रान्समा पनि एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । ब्रसेल्सका साथै नभेम्बरमा पेरिसमा भएका आतंकवादी हमलाको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

नेपाल भारत सम्बन्ध अन्य देशसँग तुलना गर्न मिल्दैन:भारत

काठमाडौं–९, चैत । भारतले नेपालभारत बीचको ऐतिहासिक र जनस्तरको सम्बन्ध अरु कुनै देशसँगको सम्बन्ध वा समझदारीसँग ‘तुलना गर्न नमिल्ने बताएको छ । जवाहर भवनमा मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारी र चीनसँग नेपालको बढ्दो सम्बन्ध बारे सञ्चारकर्मीको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भू–राजनीतिक तथा ऐतिहासिक कारणले न

आइएसले लियो ब्रसेल्स विष्फोटको जिम्मा, संकास्पद दुई व्यक्तिको तस्वीर सार्बजनिक

काठमाडौं–९, चैत । बेल्जियमको राजधानी ब्रसेल्समा भएको श्रृंखलाबद्ध बम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको छ । अझ बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्वीर समेत सार्बजनिक गरिएको छ । बम विष्फोटमा संलग्न भन्दै सार्वजनिक गरिनेमा नाजिम लाचराउ र मोहम्मद अबरिनी छन् । उनीहरु पेरिस आक्रमणमा समेत संलग्न रहेको बताइएको छ । विष्फोटमा परि हालसम्म २६ जनाको मृत्यु भएको  र ३५ जना घाइते भएको स

बेल्जियमको ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा बम फिस्फोट

एजेन्सी–चैत,९ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा दुईवटा बिष्फोट भएका छन् । विमानस्थलमा बम विस्फोट हुँदा अहिले त्यहाँको उडान सेवा प्रभावित भएको छ । बिष्फोट कसरी भएको भन्नेबारे अझै खुल्न सकेको छैन । बम विस्फोटपछि बिमानस्थलको एक टर्मिनलबाट धुँवा निस्किरहेको अन्तर्रा्ष्टि्रय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको  पेरिस हमलाका मुख्य योजनाकार मानिएका सलाह अब्देशलम ब्रसेल्समा पक्राउ

अमेरिकी विद्यार्थीलाइ १५ बर्ष कडा श्रम

एजेन्सी–चैत,४ । उत्तर कोरियामा भ्रमणका क्रममा पक्राउ परेका अमेरिकी विद्यार्थीलाई त्यहाँको अदालतले १५ वर्षको कडा श्रमको फैसला सुनाएको छ । उत्तर कोरियाली सर्वोच्च अदालतले अमेरिकी विद्यार्थी ओटो वार्मबीयरलाई १५ वर्षको कडा श्रमको फैसला सुनाएको हो । यता, अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाले गरेको फैसलाको निन्दा गरेको छ । हवाइट हाउसका प्रवक्ता जोस अर्नस्टले अमेरिकी नागरिकलाई प्रयोग गरी उत्तर कोरियाल