ब्रसेल्स घटनाका ६ शंकास्पद व्यक्ति पक्राउ

एजेन्सी–चैत १२ । बेल्जियमको राजधानी ब्रसेल्समा मंङ्गलबार भएको आक्रमणमा संलग्न रहेको आशंकामा ६ जना पक्राउमा परेका छन् । पक्राउमा परेकाहरूको पहिचान खुलाइएको छ । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । त्यस्तै, फ्रान्समा पनि एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । ब्रसेल्सका साथै नभेम्बरमा पेरिसमा भएका आतंकवादी हमलाको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

तपाईको प्रतिक्रिया