आइएसले लियो ब्रसेल्स विष्फोटको जिम्मा, संकास्पद दुई व्यक्तिको तस्वीर सार्बजनिक

काठमाडौं–९, चैत । बेल्जियमको राजधानी ब्रसेल्समा भएको श्रृंखलाबद्ध बम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको छ । अझ बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्वीर समेत सार्बजनिक गरिएको छ । बम विष्फोटमा संलग्न भन्दै सार्वजनिक गरिनेमा नाजिम लाचराउ र मोहम्मद अबरिनी छन् । उनीहरु पेरिस आक्रमणमा समेत संलग्न रहेको बताइएको छ ।Brusselsattacks
विष्फोटमा परि हालसम्म २६ जनाको मृत्यु भएको  र ३५ जना घाइते भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । ब्रसेल्सको जेबनटेम हवाइ अड्डामा दुई ठूला बिष्फोट भएका थिए । त्यसपछि युरोपियन युनियनको कार्यालय नजिकै रहेको मेट्रो स्टेसनमा बिष्फोट भएपछि आपतकालीन स्थिती घोषणा गरिएको छ ।

ब्रसेल्स विमानस्थलमा स्थानीयबासी र यात्रुहरुलाई लक्षित गर्दै हेल्पलाइन नम्बरको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया