म्यानमारमा एकै दिन १ सय ३८ आस्थाका बन्दी रिहा

म्यानमार–२७ चैत । म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । शुक्रबार एकैदिन कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ ।
म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको हो । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको बताइएको छ । आममाफी पाएका ती बन्दीमा अधिकांश विद्यार्थी रहेका छन् । राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचार प्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले उनीहरुलाई केही वर्षदेखि जेलमा राखेको थियो ।

म्यानमारकी नवनिर्वाचित विदेशमन्त्री एवम् प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको पहलमा राजनीतिक बन्दीको रिहाइको पहल सुरु भएको बताइएको छ ।  जेलमा रहेका राजनीतिक अस्थाका बन्दीको रिहाइका लागि आफूले पक्रिया थाल्ने आश्वासन बिहीबारमात्रै सुकीले एक सार्वजनिक सम्बोधनमा दिइकी थिईन । विदेशमन्त्री सुकीलाई राष्ट्रिय सल्लाहकारको रूपमा विशिष्ठ स्थान म्यानमारको सरकारले दिएको छ ।
कैयौँ वर्षदेखि म्यानमारमा सैनिक शासन कायम रहेकोले उनीहरूले प्रजातन्त्रको मागगर्ने अधिकारवादीहरूलाई बन्दी बनाउँदै आएका छन् । अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । अरु पनि केही बन्दीलाई म्यानमारको जेलबाट मुक्त गर्ने तयारी गरिएको बताइएको छ । म्यानमारको आगामी नयाँ वर्षमा यस्ता बन्दीहरु रिहा हुनेछन ।

सरकारले सार्वजनिक विदा सकिएपछि थप बन्दीलाई पनि आगामी केही दिनमा रिहा गर्ने तयारी गरेको जनाएको छ ।

Published On:  490पटक हेरिएको

तपाईको प्रतिक्रिया